Bhadrapur-7 Chandragadi, Jhapa
सामाजिक प्रगति
सामाजिक कार्यहरुमा क्याम्पसको सहभागिता
सामुदायिक क्याम्पसको प्रगति एवं विकासका लागि समुदायसँगको सम्वन्ध सुमधुर एवं प्रगाढ हुन जरुरी हुन्छ । यसका लागि क्याम्पस स्वयंले सामाजिक कल्याणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । यही तथ्यलाई आत्मसात गर्दै यस क्याम्पसले रक्तदान, सरसफाई, जनचेतनामूलक जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक वर्ष २०७५÷०७६ मा क्याम्पसवाट गरिएका क्रियाकलापहरु निम्नानुसार छन् ।
– २०७५ साल मंसीर २० गते ट्राफिक कार्यालय, चन्द्रगढीको आयोजनामा विद्यार्थीहरुका लागि १ दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।
– सूर्योदय टेलिभिजन, विर्तामोडले आयोजना गरेको क्षेत्रीय स्तरको अन्तर क्याम्पस भ्हउभचत क्गचथयमबथब त्तगष्श प्रतियोगीतामा सहभागी भई मिति २०७५ साल चैत्र १२ गते सम्पन्न ँष्लब िऋयmउभतष्तष्यल मा प्रथम स्थान हासिँल गर्न सफल भएको ।
– झापाको सुखानीमा आयोजित अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रातियोगीतामा द्वितिय स्थान हासील गर्न सफल भएको ।
– २०७६ साल कार्तिक २२ गतेका दिन जिल्ला सरकारी वकिल कार्यालय झापाको आयोजनामा समुदायमा सरकारी वकिल विषयक एकदिवसिय अन्तरकृया कार्यक्रम सम्पन्न ।
– मिति २०७६ साल श्रावण २१ गतेका दिन स्नातक तहका विद्यार्थीहरुका लागि क्याम्पसका पूर्व विद्यार्थी दुर्गा प्रसाद न्यौपानेको सहजीकरणमा एक दिवसीय उत्प्रेरणा कार्यक्रम सम्पन्न ।
ख. समुदायको क्याम्पस प्रतिको योगदान (c
सामुदायिक क्याम्पसको सर्वाङ्गीण विकासका लागि समुदायको प्रभावकारी सहभागिता र योगदान समेत अपेक्षित हुन्छ । यस क्याम्पसलाई समुदायले अत्यन्त चासोका साथ निरन्तर सहयोग गरिआएको छ । यस पक्षमा भएका महत्वपूर्ण योगदानहरु निम्नानुसार छन् ।
– क्याम्पसको भवन निर्माणमा सहयोगका लागि समाजसेवी शेर बा. आचार्य द्वारा रु ३,५१,१११ (अक्षरुपी रु तीनलाख एकाउन्न हजार एक सय एघार मात्र) रकम उपलब्ध गराउनु भएको ।
– २०७४ साल वैशाख १४ गते हल्दिवारी गाँउपालिका निवासी समाजसेवी इन्द्र ब. कार्की द्वारा रु २,००,०००÷– को “ इन्द्र ब कार्की तथा स्व धनमाया कार्की स्मृति अक्षय कोष” स्थापना गर्नु भएको ।
– २०७५ साल फाल्गुण २९ गते भद्रपुर न.पा. ७ निवासी छोरा बुहारी किसोर तथा कल्पना पोखरेलले आफ्ना माता पिता स्व गुरु प्रसाद तथा स्व. लक्ष्मीदेवी पोखरेलको स्मृतिमा रु १,००,०००÷– को अक्षय कोष स्थापना गर्नु भएको ।
– क्याम्पसको शिक्षण सिकाई तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन झापा समाज काठमाडौद्वारा विभिन्न मितिमा पाठ्यपुस्तक, फोटोकपी मेशिन, कम्प्युटर, प्रोजेक्टर लगायतका उपकरणहरु तथा शैक्षिक सामाग्री उपलब्ध गराएको ।
– क्याम्पस भवन निर्माणका लागि मिति २०७३ साल माघ ७ गते राजनितिक दलका स्थानीय नेतृत्वगण, समाजसेवी तथा शिक्षासेवी व्याक्तित्वहरुको भेला गरी उक्त भेलाले क्याम्पसको भवन निर्माण कार्यलाई पूर्णता प्रदान गर्न जनस्तरवाट आर्थिक स्रोत संकलन गर्ने निर्णय गरी त्यसका लागि छुट्टै समिति गठन समेत गरी कार्य अघि वढाइएको ।
– उक्त आर्थिक स्रोत संकलन समितिको सहयोगमा २०७३ फाल्गुण देखि हाल सम्ममा रु २२,८१,८२९ सङ्कलन गरिएको छ ।
क्याम्पसले समुदायलाई पु¥याउने योगदानको योजना
समुदायवाट सञ्चालित क्याम्पसहरुले समुदाय सँगको सम्वन्धलाई प्रगाढ वनाउन सामुदायिक कल्याणका कामहरु गर्नु अपरिहार्य हुन्छ । तसर्थ यस क्याम्पसले आ.व. २०७५÷०७६ मा समुदायका लागि निम्न योगदान पूर्ण कार्यहरु गर्ने योजना तर्जुमा गरेको छ ।
– २०७६ साल असोज १२ गते बडा दशै, दिपावली तथा छैठ पर्वको अवसरमा नगरप्रमुख, उप प्रमुख, स्थानीय अभिभावक, चन्दादाताहरुलाई आमन्त्रण गरी शुभकामना आदान प्रदान गर्ने
– २०७६ साल मंसिर भित्रमा एक दिवसीय लैङ्गिक हिंसा सम्वन्धी सचेतना कार्यक्रम भद्रपुर न.पा. ४ को महेशपुर क्षेत्रमा सञ्चालन गर्ने ।
– २०७६ साल पौष मसान्त भित्रमा रक्तदान कार्यक्रमको आयोजना गर्ने ।
– २०७६ चैत्र महिनामा भद्रपुर नगर क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने ।
– २०७७ साल बैशाख महिनामा हल्दिवारी गा.पा. क्षेत्रमा एक दिवसिय स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
घ. क्याम्पस प्रति समुदायको सहभागिता वृद्धि गर्ने योजना
क्याम्पस प्रति समुदायको चासो एवं सहभागिता बढाउन निम्न कार्यहरु गर्ने योजना तर्जुमा गरिएको छ ।
– २०७६ साल पौष मसान्त सम्ममा स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा १२ औ क्याम्पस सभा सम्पन्न गर्ने ।
– २०७६ माघ महिनाको दोस्रो साता भित्रमा स्थानीय बुद्धिजीवी, चन्दादाता, अभिभावक, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय निकायका प्रतिनिधि, उद्योगपति व्यापारी, राजनैतिक दलका नेतृत्व गण एवं सरोकारवालाहरुको उपस्थितिमा क्याम्पसको नयाँ भवनको समुद्घाटन भव्य रुपमा गर्ने ।
– समुदायले आयोजना गरेका विभिन्न जनसरोकारवाला कार्यक्रमहरुमा सहभागिता जनाउने।
– २०७६ साल चैत्र महिनामा वृहत अभिभावक भेला आयोजना गरी क्याम्पसको विगतको एतिहासिक पृष्ठभुमि, वर्तमान अवस्था र भविष्यको कार्ययोजनाका विषयमा छलफल कार्यक्रम आयोजना गर्ने ।
– क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कोषमा वृद्धि गर्न स्थानीय दाताहरु वीच अक्षयकोष स्थापना सम्वन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने ।